नियम १०
सेवा सुविधा लागू हुने समय
: बीमितको सेवा सुविधा लागू हुने समय देहाय बमोजिम हुनेछ :-

(क) बैशाख देखि असार महिनासम्म दर्ता वा नवीकरण भएकोमा सोही वर्षको भदौ एक गतेदेखि,

(ख)। साउन देखि असोज महिनासम्म दर्ता वा नवीकरण भएकोमा सोही वर्षको मङ्सीर एक गतेदेखि,

(ग) कात्तिक देखि पुस महिनासम्म दर्ता वा नवीकरण भएकोमा सोही वर्षको फागुन एक गतेदेखि,

(घ) माघ देखि चेत महिनासम्म दर्ता वा नवीकरण भएकोमा अर्को वर्षको जेठ एक गतेदेखि ।